नियम ३६
रुग्ण उच्चोग सुझाव समितिको गठन
_ (१) रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निर्माण. र व्यवस्थापनको लागि ऐनको दफा ४२ को उपदफा (१) बमोजिम गठन गरिने रुग्ण उद्योग सुझाव समितिमा प्रशासन, व्यवस्थापन, लेखा, लेखापरीक्षण, उद्योग, व्यापार, बैङ्कि्ग वा निर्माण व्यवस्थापनमा कम्तीमा दश वर्षको कार्य अनुभव भएका व्यक्तिहरू मध्येबाट एकजना संयोजक र कम्तीमा एकजना महिलासहित दुई जना सदस्य रहनेछन्।
(२) रुग्ण उद्योग सुझाव समितिको बैठक सो समितिको संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) (रुग्ण उद्योग सुझाव समितिले कार्य सम्पादन गर्दा आवश्यकता अनुसार नेपाल सरकारका कुनै निकायका प्रतिनिधि वा सम्बन्धित विषयको विज्ञलाई बैठकमा आमन्त्रण गरी राय परामर्श लिन सक्नेछ।
(४) रुग्ण उद्योग सुझाव समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गर्न सक्नेछ।
(५) रुग्ण उच्चोग सुझाव समितिको सचिवालय मन्त्रालयमा रहनेछ।